सातौ पटक युनियनको अध्यक्ष बने बिक, नया कार्यसमितिमा ‘पुरानै अनुहार’

ए वान डेस्क
८ बैशाख २०७५, शनिबार ११:२७

ए वान डेस्क /

मजदुर नेता दिपक बिश्वकर्मा सातौ पटक जगदम्बा स्टिल मजदुर युनियनको अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । बाराको सिमरामा आज सम्पन्न युनियनको सातौ अधिवेशनले बिश्वकर्माको अध्यक्षतामा १३ सदस्यि नया कार्यसमिति चयन गरेको हो ।

अध्यक्षसहित अन्य पदाधिकारी पनि नया कार्यसमितिमा अधिकासं पुरानै अनुहारका छन् । युनियनको बरिष्ठ उपाध्यक्ष हरिन्द्र साह, उपाध्यक्ष शुक्र ब. श्रेष्ठ, सचिव दिपक बा. कार्की, सह–सचिव गोविन्द अधिकारी ‘बिनोद’, सह–सचिव लक्ष्मण सुवेदी, कोषाध्यक्ष विनय दवाडी, सह–कोषाध्यक्ष कृष्णा लामा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा नरेश लामा, बासुदेव खत्री, कुमार श्रेष्ठ, जगत बस्नेत र सिकेन्द्र मण्डल चयन हुनुभएको हाम्रा संवाददाता बिकास पाण्डेले जानकारी दिनुभयो । नया कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन मण्डलका प्रमुख श्याम खनालले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।

यसअघि अधिवेशनको सल्लाहकारद्धय नविन थापा र श्याम खनालले उद्घाटन गर्नुभएको थियो ।

मजदुरको पक्षमा युनियन

स्थापनाकालदेखि नै युनियनले मजदुरहरुको हक हितमा काम गर्दे युनियनले जनाएको छ । ‘हाम्रो युनियनमा यो पार्टी त्यो पार्टी भन्ने छैन्, हामी सबै एउटै हौ त्यसकारणपनि भनाई एउटै छ’ ए वान समाचारसंग कुरागर्दे अध्यक्ष दिपक बिकले भन्नुभयो ।

पहिलो अधिवेशनदेखि नै युनियनको कार्यसमिति सर्वसम्मत रुपमा चयन हुदै आएको छ । ‘हामीमा भेदभाव भन्ने हुदैन्, हामी सधै मजदुरको पक्षमा वकालत गर्छो’ सचिव दिपक कार्कीले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*