आकाशलाई परोपकारी युवा सञ्जालको सहयोग

ए वान डेस्क
८ बैशाख २०७५, शनिबार १६:३१

ए वान डेस्क /

मुटु रोगले ग्रसित भई हाल काठमाण्डौमा उपचार गराईरहेका आकाश रौनियारलाई परोपकारी युवा सञ्जाल नेपालले आर्थीक सहयोग गरेको छ । काठमाडौंको असनमा फुटपाथ पसल गरी बस्दै आएका आकाशलाई सामाजिक कार्य गर्दे आएको सञ्जालले १० हजार रुपैया आर्थीक सहयोग गरेको हो ।

आर्थीक अभावका कारण रौनियारको उपचारमा समस्या आएपछि सञ्जालको टोलिले अस्पताल पुगेरै आर्थीक सहयोग गरेको सञ्जालका सदस्य पवनकुमार रौनियारले जानकारी दिनुभयो । रौनियारको अहिले महाराजगंजमा उपचार भईरहेको छ ।

आफू बाँच्दै अरुलाई बचाउने मानवीय तथा सामाजिक सेवाको परोपकारी अभियानमा सँगै र सधैं जुट्नसमेत सञ्जालले सबैमा आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*