जीतपुरकै ईतिहासमा पहिलो पटक ६० हजार दर्शकले हेरे मेला

ए वान डेस्क
१० बैशाख २०७५, सोमबार ०९:३२

ए वान डेस्क /

बाराको जीतपुरमा आयोजना गरिएको प्रथम जीतपुर खेलकुद तथा सांगितिक व्यापार मेला सम्पन्न भएको छ । चैत्र २८ गते आयोजना गरिएको मेलाको जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले हिजो समापन गर्नुभएको हो ।

समापन कार्यक्रममा जीतपुरसिमरा उप–महानगरपालिकाकी उप–मेयर सरस्वती चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता लगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रमकाबिच मेलालाई सफल बनाउन सहयोग गर्ने बिभिन्न संघ–संस्थाका व्यक्ति, आयोजक पदाधिकारी, सञ्चारकर्मी लगायतलाई सम्मान गरिएको थियो ।

समापन कार्यक्रमपछि ए वान समाचारसंग कुरागर्दे आयोजक मुल समारोह समितिका संयोजक मनोज शाहले सबैको साथ र सहयोगले मेला सम्पन्न भएको बताउनुभयो । ‘हामीले गरेर मात्र मेला सम्पन्न भएको हैन्, यहा सबैले आ–आफ्नो स्थानमा सहयोग गर्नुभएको छ’ संयोजक शाहले भन्नुभयो ।

जीतपुर मेलाले रच्यो ईतिहास

जीतपुरकै ईतिहासमा पहिलो पटक झन्डै ६० हजार दर्शकले मेला हेरेका छन् । मेला १२ दिनसम्म चल्यो । अन्तिम दिन हिजो १८ हजार दर्शकले मेला अवलोकन गरेको मुल समारोह समितिका व्यवस्थापक बिमल खड्गीले जानकारी दिनुभयो ।

‘हिजो अन्तिम दिन मेलामा दर्शकको भिड थामिनसक्नुको थियो, हामी धेरै नै खुशि छौ, मेला भब्य र सब्य रुपमा सम्पन्न भएको छ’ खड्गीले भन्नुभयो । प्रत्यक दिन झन्डै ५ हजार दर्शकले मेला अवलोकन गर्ने गरेका थिए ।

कलाकारको साथ

१२ दिनसम्म चलेको मेलामा प्रत्यक दिन राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती देखाए । नेपालका चर्चित गायक प्रमोद खरेल, कमल खत्री, कमल के क्षेत्री, राजनराज सिवाकोटि, टंक बुढाथोकी, सुनिल पण्डित, प्रदिप त्रिपाठी, धिरज राई, गायिका सरिता प्रजापति, भुमिका गिरी, सहिमा श्रेष्ठ लगायतले आफ्नो प्रस्तुती देखाएका थिए ।

प्रत्यक दिन नेपालका चर्चित गायक गायिकाहरुले प्रस्तुती हेर्न जीतपुरसहित सिमरा, अमलेगखञ्ज, निजगढ, डुमरवाना, विरगञ्ज लगायतका ठाउहरुबाट दर्शक आएका थिए । राष्ट्रिय कलाकार बाहेक प्रत्यक दिन स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाएका थिए ।

खेलकुदको रमझम

मेलामा खेलकुद प्रतियोगिताहरु पनि आयोजना गरियो । मेला स्थलमै कुस्ती, कराते, कर्बडि लगायतका प्रतियोगिताहरु गरिएको थियो । ‘मेलामा खेलकुद प्रतियोगिता हेर्नपनि टाढा टाढाबाट दर्शकहरु आएका थिए, यसले पनि मेलालाई सफल बनाएको हामीले बिश्वास लिएका छौ’ संयोजक मनोज शाहले भन्नुभयो ।

व्यापारीमा खुशि

मेलामा आफ्नो व्यापार गर्न स्टल राखेका व्यापारीहरुले १२ दिनसम्म राम्रो व्यापार भएको प्रतिक्रिया दिएका छन् । ‘एक दिन हावा हुरी र पानिका कारण व्यापार नै चौपट हुने होकी भन्ने डर थियो, तर त्यसपछि भने व्यापार राम्रै भयो’ एक जना होटल व्यापारीले भने ।

मेलामा कारोवारपनि राम्रो भएको ति व्यपारीहरुले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*