नागरीक मञ्च बाराद्धारा कलैयामा सरसफाई
ए वान डेस्क /
नागरीक संवाद मञ्च बाराले आज कलैयाको भरत चोकमा बृहत सरसफाई गरेको छ । सेफर्ड वल्र्ड र ईन्टरनेशनल अलर्टको सहयोगमा सञ्चालित सुन्दर शान्त नेपाल परियोजना अन्र्तगत नागरिक संवाद मञ्च बाराले आज भरत चोकमा सरसफाई गरेको हो ।
सरसफाई कार्यक्रममा संवाद मञ्च बाराका संयोजक मुकेश साह, जनजागरण युवा क्लबका उपाध्यक्ष राजदेव साह, सियाराम यादव, साजिर मंसुर, रामाकान्त साह, सिकेन्द्र पाश्वान, पिंकि यादव, निरमा चौधरी, इमरान आलम, ओमप्रकाश गिरी, नरेश साह लगायतको सहभागीता रहेको थियो । बिभिन्न संघ–संस्थासंगको सहकार्यमा नागरीक संवाद मञ्चले जिल्लामा बिभिन्न किशिमका कार्यक्रम सञ्चालन गर्दे आएको छ ।
‘यस्ता किशिमका कार्यक्रम गर्न छनोट भएका १२ जनाको बिशेष सकृयतामा हामी बिभिन्न कार्यक्रम गर्छो’ मञ्चका संयोजक मुकेश साहले भन्नुभयो । यसअघि मञ्च बाराले अश्लिल गित बन्द गराउन माग गर्दे जिल्ला प्रशासन कार्यालय बाराको ध्यानाकष्र्ण गराएका थियो ।























