टेन्सन हटाउन ‘सिडिओ साब’ प्रवचनमा व्यस्त

ए वान डेस्क
१० बैशाख २०७५, सोमबार १७:००

बाराको सदरमुकाम कलैयामा जिल्लास्थित कार्यलय प्रमुखहरुलाई तनाव व्यवस्थापन सम्बन्धी प्रवचन दिईएको छ । जिल्ला प्रहरी कार्यालय प्राङ्गढमा सोमबार विहान वरिष्ठ राजयोग प्रशिक्षक ब्रहमकुमार राजु घलेले प्रहरी कर्मचारीहरुलाई तनाव व्यवस्थापन सम्बन्धी योग (प्रवचन) दिएका हुन्।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयनारायण मनान्धर, यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवार, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाराका उपअनुसन्धान निर्देशक उत्तम खनाल, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद पाण्डे लगायतलाई प्रवचन लिएका थिए।

कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कलैयाकी संचालिका ब्रम्हा कुमारी मीना, ब्रम्हा कुमारी गंगा समेतको उपस्थिती रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*