कलैयामा ३ महिने सिलाई कटाई तालिम शुरु

ए वान डेस्क
१० बैशाख २०७५, सोमबार १७:१४

ए वान डेस्क /

कलैया उप–महानगरपालिकाको वडा नम्बर ८ मा आजदेखि महिला सिप सम्बन्धी आधारभुत ३ महिने सिलाई कटाई तालिम शुरु भएको छ । नगरसभाबाट वडामा परेको योजना अनुरुप वडा नम्बर ८ मा आजदेखि ३ महिने सिलाई कटाई तालिम शुरु भएको हो ।

तालिमको आज एक कार्यक्रमकाबिच कलैया उप–महानगरपालिकाकी उप–मेयर रहिमा खातुनले उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन गर्दे खातुनलले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै वडा नम्बर ८ का वडा अध्यक्ष बिक्रम यादवले ३ महिने तालिम फलदायी हुने बिश्वास व्यक्त गर्नुभयो । तालिममा झन्डै २० जना महिलाको सहभागीता रहेको वडा अध्यक्ष यादवले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*