६ हजार प्रहरी एकैपटक सरुवा हुँदै

ए वान डेस्क
११ बैशाख २०७५, मंगलवार ०८:३९

प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले संगठनमा लामो समयदेखि सुविधा सम्पन्न र लाभ हुने ठाउँमा बस्दै आएका प्रहरी जवानदेखि अधिकृतहरूको नामावली संकलन कार्यलाई तीव्र बनाउनुभएको छ। महानिरीक्षक खनालले लामो समयदेखि तल्लो तहमा रोकिएको बढुवासमेतको फाइल उठाउन निर्देशन दिएपछि कर्मचारी प्रशासन महाशाखाले तयारी तीव्र बनाएको छ। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

३ वर्षदेखि तल्लो तहको बढुवा रोकेका तत्कालीन प्रहरी महानिरीक्षकहरू उपेन्द्रकान्त अर्याल र प्रकाश अर्याललाई चुनौती दिँदै प्रहरी महानिरीक्षकमा बढुवा भएका खनालले सरुवा र बढुवालाई एकैपटक अगाडि बढाउन निर्देशन दिएका हुन्।

प्रहरी प्रधान कार्यालयले एकैपटक जवानदेखि उच्च तहका प्रहरी अधिकारी गरी ६ हजारको सरुवा र १ हजार ६ सयभन्दा बढीको बढुवाको तयारी गरेको छ। प्रहरी प्रधान कार्यालयका कमाइ हुने विभिन्न एकाइमा लामो समयदेखि बस्दै आएका जुनियर तथा सिनियर प्रहरी अधिकृतको सरुवाको तयारी गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन्।

प्रहरीले प्रहरी मुख्यालयको विभिन्न शाखामा सरुवा हुँदै बस्दै आएको संख्या यकिन गरेको छ भने उनीहरू १० वर्षभन्दा बढी समय मुख्यालयका विभिन्न शाखामा कार्यरत रहेको पाइएको र उनीहरूलाई दुर्गममा सरुवा गरी दुर्गममा रहेकाहरूलाई प्रहरी प्रधान कार्यालयलगायत सुगममा सरुवा गर्ने तयारी गरेको छ।

प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेले सरुवा र बढुवाको तयारी भएको जानकारी दिए।‘हामी सरुवा बढुवाको तयारीमा छौं क्रमशः सरुवा तथा बढुवा गर्दै जान्छौं –प्रवक्ता नेउपानेले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*