जीतपुरसिमरा : टाटासुमोको ठक्करबाट चौधरीको मृत्यु
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १५ डुमरवानामा टाटा सुमोको टक्करबाट एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय सिमराले दिएको जानकारी अनुसार टाटा सुमोको ठक्करबाट स्थानीय नन्दु चौधरीको मृत्यु भएको हो ।
डुमरवानाबाट सिमरातर्फ आउदै गरेको ना१ज ७४९७ नम्बरको सुमोले बिपरीत दिशातर्फ जादै गरेको ना१८प ८१०५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा चौधरी घाईते भएका थिए । घाईते चौधरीको उपचारका लागी बिरगञ्जस्थित हेल्थ केयर लागिएपनि उपचार हुन नसकेपछि थप उपचारका लागी काठमाण्डौ रेफर गरीएको थियो ।
तर काठमाण्डौ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।