बारामा कहा–कहा बन्दैछ नयाँ सहरको गुरुयोजना ?

ए वान डेस्क
११ बैशाख २०७५, मंगलवार १४:३४

ए वान डेस्क /

सरकारले आगामी ६ महिनाभित्रै बारासहित देशैभरी १५ वटा नयाँ सहरको गुरुयोजना बनाउने भएको छ । नया सहर विकास आयोजना समन्वय कार्यालयले मध्यपहाडी, हुलाकी राजमार्ग र तराई–मधेसमा २०९० सालभित्रै सहरी पूर्वाधार विकास गर्ने गरी नयाँ सहर निर्माण प्रक्रिया अगाडि बढाएको हो ।

कार्यालयका निर्देशक पराग कायस्थले सरकारले १५ बर्षभित्र विभिन्न स्थानमा २७ वटा नया सहर बनाउने तयारी गरेको जानकारी दिनुभयो । यसअनुसार १३ वटाको यसअघि नै गुरुयोजना निर्माण भएर सहरी पूर्वाधार बनाउने प्रक्रिया अघि बढेको छ । यो साता थप १५ सहरको गुरुयोजना बनाउन सात वटा कम्पनी छनोट गरेको छ ।

छनोटमा परेका सात वटा कम्पनीले हुलाकी राजमार्गमा पर्ने १० र तराई क्षेत्रका पाच वटा सहरको गुरुयोजना बनाउने भएका छन् । आगामी ६ महिनाभित्रमा १५ वटै सहरको गुरुयोजना बनाउने र यसमध्ये तीन वटाको भने विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) नै तयार पार्ने जानकारी कायस्थले दिनुभयो ।

नयाँ सहर परियोजनाले ५५ वटा कम्पनीमध्येबाट छनोट भएका सात वटा कम्पनीमा एउटालाई तीन वटा सहरको र बाकी ६ वटालाई २÷२ वटा क्षेत्रको सहर बनाउने गुरुयोजनाको जिम्मा दिएको छ । छनोटमा परेका सातैवटा कम्पनीसँग कार्यालयले सम्झौता गरेको जानकारी पनि कायस्थले दिनुभयो ।

उहाका अनुसार एउटा कम्पनीले कम्तीमा ४० लाखदेखि बढीमा ५८ लाख रुपैयासम्म खर्चेर यस्तो नयाँ सहरको गुरुयोजना बनाउने भएको छ । नयाँ सहर परियोजनाले एक महिना अगाडि नै छनोट गरेका सात कम्पनीसंग सम्झौता सम्पन्न गरेको छ ।

बारामा कहा बन्दैछ नया सहर ?

बाराको महागढीमाइमा नया सहर बनाउने तयारी गरिएको छ । त्यसको लागी आवश्यक प्रक्रिया अघि बढाईएको कायस्थले जानकारी दिनुभयो । बारामा २०९० सालभित्रै सहरी पूर्वाधार विकास गर्ने गरी नयाँ सहर निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

महागढिमाईमा एसडीआरसी, जीईसी र आरईएस इन्जिनियरिङ कन्सल्टेन्सीको जेभी मध्य कुनै एउटा कम्पनीले योजना बनाउनेछ । सो योजना बनाउनको लागी बर्दाघाटसहितको गरी ४० लाख १९ हजारमा रकम बिनियोजन गरिएको छ ।

निजगढ स्मार्ट सिटि

बारामा निजगढमा बनाउने भनिएको स्मार्ट सिटिको आन्तरीक तयारी तिब्र रुपमा भईरहेको बुझिएको छ । नयाँ सहर विकास आयोजना समन्वय कार्यालयबाट प्राप्त जनकारी अनुसार प्रारम्भिक अध्ययन प्रतिवेदन आइसकेको छ ।

अब निजगढको दुई महिनामा स्थलगत प्रतिवेदन आउने र त्यसपछि थप प्रक्रिया अगाडि बढ्नेछ ।

नया सहर कस्तो हुन्छ ?

सरकारले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर नयाँ सहर निर्माणको काम अगाडि सारेको हो । यो योजनामा बसपार्क, सडक, ढल निकास, तरकारी बजार, खुलापार्क, खानेपानी, रिङरोड, एउटाबाट अर्को बस्ती जोड्ने लिंक रोड, फोहोर व्यवस्थापसहित पूर्वाधार बनाउने योजना अगाडि सारिएको छ ।

जग्गा विकास कार्यक्रममार्फत बनाइने यो पूर्वाधारपछि एउटा सहरमा कम्तीमा एक लाख जनसंख्याको क्षमता रहने अनुमान सरकारको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*