निजगढमा ‘स्मार्ट सिटी’ बन्छ की हल्ला मात्र हो ? यस्तो छ अवस्था

ए वान डेस्क
११ बैशाख २०७५, मंगलवार १५:५३

ए वान डेस्क /

बाराको निजगढमा स्मार्ट सिटि बन्ने पक्का भएको छ । तर जनप्रतिनिधिको गराईबाट भन्दापनि सरकारी तवरबाट बन्ने पक्का भएको हो । नयँ“ सहर विकास आयोजना समन्वय कार्यालयबाट प्राप्त जनकारी अनुसार निजगढको प्रारम्भिक अध्ययन प्रतिवेदन आइसकेको छ ।

अब दुई महिनामा स्थलगत प्रतिवेदन आउने र त्यसपछि थप प्रक्रिया अगाडि बढ्ने नया सहर विकास आयोजना समन्वय कार्यालयका निर्देशक पराग कायस्थले जानकारी दिनुभयो । यसलाई थप बल दिन निजगढ नगरपालिकाका मेयर सुरेश खनालले पनि पहल कदमी चाल्नुभएको छ ।

निजगढ क्षेत्रलाई हरियाली बनाउनेदेखि फोहोर व्यवस्थापनमा कडाई गर्ने सम्मका कार्यले तिब्रता पाएको छ । खनालले पनि निजगढलाई स्र्माट सिटि बनाउने भन्दै निर्वाचन ताका जनतासंग थुप्रै प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धता मध्य निजगढलाई स्मार्ट सिटि बनाउने कार्यमा पनि आफु लागिपरेको मेयर खनालले जानकारी दिनुभयो ।

स्मार्ट सिटि भनेको के हो ?

‘स्मार्ट सिटी’ को प्रमुख आधार सूचना, संचार र प्रविधि नै हुन् । यी तीन प्रमुख तत्वको उचित प्रयोग गरेर शहरलाई सुविधासम्पन्न बनाउनु ‘स्मार्ट सिटी’ को प्रमुख अवधारणा हो । सूचना, संचार र प्रविधिको अधिकतम प्रयोग गरेर शहरको अर्थव्यवस्था, वातावरण, यातायात र प्रशासन चुस्तदुरुस्त नबनाइँदासम्म कुनै शहर ‘स्मार्ट’ बन्दैन ।

‘स्मार्ट सिटी’ का लागि चौबीसै घण्टा खानेपानी, बिजुली, ढल निकास, सार्वजनिक यातायात सञ्जाल, प्रशस्त बाल तथा वृद्धमैत्री खुला क्षेत्र र संरचना अनिवार्य हुन्छ । ‘स्मार्ट सिटी’ लाई शहरका हरनागरिकको जीवनस्तर पहिलेभन्दा माथि उठाउने अवधारणा मानिन्छ ।

कस्तो हुन्छ स्मार्ट सिटी ?

शहरको अर्थतन्त्र र नागरिकको जीवनस्तरमा सुधार ‘स्मार्ट सिटी’ को लक्ष्य हो । स्मार्ट सिटी बनाउन सबभन्दा पहिले शहरका प्रमुख समस्या पहिचान गरिन्छ । अहिलेका सुविधामा के कस्ता स्तरोन्नति आवश्यक छ या के नयाँ कुरा थप्नुपर्छ भन्ने अनुसन्धान गरिसकेपछि कसको नेतृत्वमा ‘स्मार्ट सिटी’ बनाउने भन्ने निष्कर्षमा पुगिन्छ । स्पेनको बार्सिलोना र नेदरल्याण्डको आम्स्टरडम त्यहाका मेयर अर्थात् निर्वाचित जनप्रतिनिधिको नेतृत्वमा बनेका ‘स्मार्ट सिटी’ हुन् ।

बार्सिलोना स्मार्ट अर्थतन्त्र, स्मार्ट जीवनयापन, स्मार्ट वातावरण, स्मार्ट सरकार, स्मार्ट यातायात र स्मार्ट जनताका आधारमा ‘स्मार्ट सिटी’ बनेको हो । बार्सिलोनाका मेयर चुनिएका जर्मियर ट्रायसले आफ्नो कार्यकाल २०११–२०१५ मा करीब १०० स्मार्ट परियोजना अघि बढाएका थिए । त्यही योजना अनुसार बार्सिलोनामा ५०० किलोमिटर लामो अप्टिकल फाइबर राखियो

त्यो सँगसँगै ऊर्जा विकास, फोहोरमैला व्यवस्थापन, यातायात र विद्युतीय सवारी साधनलगायतका कामलाई अघि बढाएर बार्सिलोनालाई अहिलेको अवस्थामा ल्याइएको हो । विश्वका कतिपय शहर कार्यकारी प्रमुखहरूको नेतृत्वमा ‘स्मार्ट सिटी’ बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*