रातारात सिमरा किन आए आईजिपि सर्वेंन्द्र खनाल ?
ए वान डेस्क /
नेपाल प्रहरीको प्रहरी महानिरिक्षक (आईजिपि) भएपछि पहिलो पटक सवेन्द्र खनाल आज बाराको सिमरा आएका छन् । सिमराको ईच्छा होटलमा आयोजना गरिएखको सुरक्षा गोष्ठिमा सहभागी हुन आईजिपि खनाल रातारात सिमरा आएका हुन् ।
ईच्छा होटलमा आयोजना गरिएको सुरक्षा गोष्ठिको भोलि गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गर्ने कार्यक्रम छ । खनाल सिमरा आउने भएपछि आज दिउसो देखिनै सुरक्षा व्यवस्था कडा बनाईएको थियो ।
खनालको सुरक्षाका लागी प्रत्यक १०–१० मिटरको दुरिमा प्रहरी खटाईएको थियो भने मुख्य चोक क्षेत्रमा शर्वसाधारणलाई आवात जावतमा समेत रोक लगाईएको थियो । कडा सुरक्षाका बिच सिमरा आएका खनाल आज राती ईच्छा होटलमै बस्ने बुझिएको छ ।















