गृहमन्त्री ‘बादल’ आज सिमरा आउने, सुरक्षा व्यवस्था कडा

ए वान डेस्क /
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आज बाराको सिमरा आउने भएका छन् । ईच्छा होटलमा हुन लागेको सुरक्षा गोष्ठिको उद्घाटन गर्न ‘बादल’ आज सिमरा आउन लागेका हुन् ।
गृहमन्त्री बादल सिमरा आउने भएपछि यहाको सुरक्षा व्यवस्था निकै कडा बनाईएको छ । बिहानैदेखि सुरक्षाकर्मीहरु बादलको सुरक्षाका लागी खटिएका छन् ।
गोष्ठिमा सहभागी हुन नेपाल प्रहरीका आईजिपि सर्वेन्द्र खनाल हिजोनै सिमरा आएका थिए । गोष्ठि बिहान ९ बजेदेखि शुरु हुने बुझिएको छ ।