बजनी हत्या काण्डबारे सिमरा बिमानस्थलमा गृह मन्त्रीले थापाले के भने ?

ए वान डेस्क
१२ बैशाख २०७५, बुधबार १२:४७

ए वान डेस्क /

गृह मन्त्री रामबहादुर थापा ‘बादल’ले बजनीमा भएको सुवेदी दम्पती हत्याको बिषयमा सरकार गंभिर रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला संगठन समिति बाराले आज बिहान सिमरामा आयोजना गरेको पत्रकार सम्मेलनमा गृह मन्त्री थापाले यस्तो बताउनुभएको हो ।

‘सरकारले यस बिषयमा अनुसन्धान गर्देछ, निश्चित रुपमा हत्यारा सरकारको नियन्त्रणमा आउनेछ’ पत्रकारको प्रश्नमा उहाले भन्नुभयो । बजनीमा दिपक र दिपा सुवेदीको मंसिर १५ गते राती हत्या भएको थियो ।

पत्रकारको प्रश्नमा गृह मन्त्री थापाले एमाले र माओवादी केन्द्रबिच छिट्टै एकता हुने बताउनुभयो । ‘एकताको सबै आधार तयार भईसकेको छ, बैशाख ९ गते दुवै पार्टीका अध्यक्षबिच गंभिर छलफल भयो, अब छिट्टै बाम एकता हुन्छ’ उहाले भन्नुभयो ।

उहाले यातायात क्षेत्रमा लागेको सिण्डिकेट सरकारले अन्त्य गराएरै छाड्ने बताउनुभयो । फरक प्रश्नमा उहाले सरकारले सिमा नियन्त्रण गर्न आवश्यक कदम चाल्ने बताउनुभयो ।

प्रेस चौतारी बाराका अध्यक्ष दिवाकरण भण्डारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन प्रेस सेन्टर बाराका अध्यक्ष रामबाबु मेहताले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*