प्रदेश–२ को सुरक्षा अवस्था चुनौतीपूर्ण : गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले २ नम्बर प्रदेश संवेदनशील प्रदेश भएकाले त्यसैअनुसार सुरक्षा रणनीति बनाएर अघि बढ्ने बताएका छन् ।
२ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बुधबार सिमरामा उद्घाटन गर्दै गृहमन्त्री थापाले अरु प्रदेशको तुलनामा २ नम्बर प्रदेशको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकाले गम्भीरताका साथ अघि बढ्नुपर्ने बताए ।
खुला सिमाना, अपराध, तस्करी, सामाजिक हिंसा, भ्रष्टाचार, प्राकृतिक विपद्जस्ता समस्या २ नम्बर प्रदेशमा बढी देखिएको भन्दै उनले सुरक्षा गोष्ठीको सुरुआत पनि यसै प्रदेशबाट गरिएको बताए ।
गोष्ठीले २ नम्बर प्रदेशको अपराध नियन्त्रण, जनताको सुरक्षा र सेवाको विषयमा कार्ययोजनासहितको निष्कर्ष निकाल्ने बताइएको छ ।