वडा नम्बर २४ का स्थानीयद्धारा मेयरलाई ज्ञापन

ए वान डेस्क
१२ बैशाख २०७५, बुधबार १९:३१

ए वान डेस्क /

वडा अध्यक्षले एकलौटि रुपमा काम गर्न खाजेको भन्दै वडा नम्बर २४ का स्थानीयले जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलको ध्यानकष्र्ण गराएका छन् । उप–महानगरपालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाउदै स्थानीयले वडा अध्यक्ष ईलियास देवानले एकलौटि काम गर्न खोजेकोभन्दै मेयरको ध्यानाकष्र्ण गराएका हुन ।

मेयरको ध्यानाकष्र्ण गराउदै स्थानीयले वडा अध्यक्षले आफु अनुकुलका व्यक्तिलाई उपभोक्ता समितिमा राखेको आरोप लगाएका छन् । रोशन यादवको नेतृत्वमा उप–महानगरपालिका पुगेको स्थानीयको एक टोलिले सबैलाई समेटेर काम गर्नुपर्ने माग गरेको छ ।

सबैसंग सहकार्य गरेर अघि बढे विकासको काम दिगो हुनभन्दै उनीहरुले एकलौटि रुपमा काम गर्न आग्रह गरे । ज्ञापन पत्रमा गत सोमवार स्वास्थ्य चौकीमा वडा अध्यक्षले आफु अनुकुल समिति गठन गरेकोसमेत आरोप लगाईएको छ । बिना सुचना स्वास्थ्य संस्थामा समिति गठन गरिएकोभन्दै स्थानीयले पुनः सुचना निकालेर सर्वपक्षिय रुपमा समिति गठन गर्न माग गरेका छन् ।

जवाफमा जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले यस बिषयमा आफुले वडा अध्यक्षसंग बुझ्ने बताउनुभएको स्थानीय अंसारुल हक अंसारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*