सिमरामा प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरको भेला सम्पन्न

प्रेस चौतारी नेपाल बारा, नेपाल प्रेस युनियन बारा र प्रेस सेन्टर नेपाल बाराका अगुवा नेताको बैठक सिमरामा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा केन्द्रीत रहदै तीन संगठनका अगुवा नेताले उम्मेदवारसहित बैठक राखेका हुन् । बैठकमा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनका चुनावी अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
बैठकले तीन संगठनका जिल्ला अध्यक्ष संयोजक रहने गरी सात सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । कमिटिको संयोजकमा प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारी, नेपाल प्रेस युनियन बाराका अध्यक्ष गणेश रिजाल, प्रेस सेन्टर नेपाल बाराका संयोजक रामबाबु मेहता रहेका छन् । यसैगरी कमिटिको सदस्यमा गोकुल घोरसाईने, रेशम तिवारी, बिदुर खड्का र पिंकी पासवान रहेका छन् ।
बैठकले पत्रकार महासंघ प्रदेश २ को कमिटिका लागि गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारलाई बिजयी गराउनका लागि बारासहित विभिन्न जिल्लामा प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले तीन संगठनको छुट्टाछुट्टै भेला र एउटा गठबन्धनको सामुहिक भेला राख्ने निर्णय समेत गरेको छ ।
यसैगरी बैठकले प्रदेश २ को निर्वाचनका लागि दलित आरक्षण सिटमा उम्मेदवार दिई निर्विरोध निर्वाचित सिकेन्द्र पासवानलाई बधाई ज्ञापन समेत गरेको छ । बैठकमा प्रदेश २ कमिटिको सचिव पदका उम्मेदवार गुरुप्रसाद गौतम, खुल्ला सदस्य पदका उम्मेदवार भोजराज भट्टराई, जनजाती आरक्षण सिटका उम्मेदवार जीतलाल श्रेष्ठसहित तीन संगठनका अग्रज नेताको उपस्थिती रहेको थियो ।