बारामा फोटो पत्रकारिता दिवस मनाईयो
ए वान डेस्क /
बिभिन्न कार्यक्रमको आयोजना गरी बारामा पनि आज फोटो पत्रकारिता दिवस मनाईएको छ । दिवसको अवसमार फोटो पत्रकार संघ बाराले आज बिहान सिमरामा प्रभातफेरी गरेको छ ।
सत्य समाचार, फोटो पत्रकारिता नै अन्तिम आधार भन्ने नाराका साथ संघ बाराले बिहान प्रभातफेरी गरेको हो । ईलाका प्रहरी कार्यालय सिमराबाट निकालिएको प्रभातफेरीले सिमरा बजार परिक्रमा गरेको थियो ।
प्रभातफेरीपछि वडा कार्यालयमा कोणसभा गरिएको थियो । कोणसभामा बोल्ने अधिकासं वक्ताले फोटो पत्रकारिताप्रति पछिल्लो समयमा आकर्षण बढेपनि व्यवस्थित गर्न भने नसकिएमा जोड दिएका थिए ।
कार्यक्रममा पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष गुरु प्रसाद गौतम, बरिष्ठ पत्रकारहरु रेशम तिवारी, गोकुल घोरासैनी, प्रकाश लम्साल, बिदुर खड्का, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्ट, खेलकुद पत्रकार संघ बाराका अध्यक्ष सुनिल गाउले, पत्रकार सारदा पोखरेल, संस्कार एफएम कलैयाका प्रवन्ध निर्देशक अनिल गौरव लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
फोटो पत्रकार संघ बाराका अध्यक्ष जितलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन फोटो पत्रकार संघ बाराका महासचिव दिवाकर भण्डारीले गर्नुभएको थियो ।















