सिमरामा रक्तदान कार्यक्रमको आयोजना

ए वान डेस्क
१३ बैशाख २०७५, बिहीबार १३:३७

ए वान डेस्क /

नेपाल टे«ड युनियन महासंघ ‘जिफन्ट’ ले बाराको सिमरामा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । १२५औ अन्तराष्ट्रिय श्रमीक दिवसको अवसरमा जिफन्टले रामजानकी मन्दिर परिषरमा आज रक्तदान कार्यक्रम गरेको हो ।

यो समाचार तयार पर्दासम्म ३० जनाले रगत दान गरिसकेको जिफन्टका आनन्द थामिले जानकारी दिनुभयो । रक्तदान कार्यक्रम साझ ५ बजेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*