पथलैयामा ‘न्यायमा बाह्य पहुच’ कार्यक्रम सम्पन्न

ए वान डेस्क
१३ बैशाख २०७५, बिहीबार १९:२५

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १ स्थित पथलैयामा एक दिने न्यायमा बाह्य पहुच कार्यक्रम सम्पन्न भएको छ । उच्च अदालत जनकपुरको अस्थाई इजलास विरगञ्जले पथलैयामा एक दिने कार्यक्रम गरेको हो ।

कार्यक्रममा अस्थाई इजलास विरगञ्जका मनोज पोखरेल, जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, उप–मेयर सरस्वती चौधरी, नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय शाह, होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने, अधिवक्ता दामोदर पौडेल लगाएत वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई अस्थाई इजलास विरगञ्जका बाबुराम दहालले अस्थाई इजलास विरगञ्जको काम कारर्वाहीबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा अस्थाई इजलास विरगञ्जले कसरी न्याय सम्पादनको काम गर्छ भन्ने बिषयमासमेत सहभागीहरुलाई जानकारी गराईएको थियो । संबिधानले दिएको अधिकार प्रयोग गरेर कसरी न्याय सम्पादनको काम गर्न सकिन्छ भन्ने बिषयमा समेत सहभागीहरुलाई दहालले जानकारी गराउनुभएको थियो ।

कार्यक्रम अस्थाई इजलास विरगञ्जका कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*