बारामा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने बिषयमा छलफल

ए वान डेस्क
१७ बैशाख २०७५, सोमबार १६:३४

ए वान डेस्क /

बारामा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने बिषयमा छलफल भएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने बिषयमा सिमरा छलफल भएको हो ।

छलफलमा धुर्मुस–सुन्तली फाउन्डेसनका संस्थापक सिताराम कट्टेल धुर्मुुसले वातावरण उपयुक्त भए बारामा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन सकिने बताउनुभयो । ‘मुल कुरो भनेको हामीलाई वातावरण कस्तो छ भन्ने कुरा चाहिन्छ, वातावरणकै कारण धेरै ठाउमा कुरा मिल्न सकेन्’ उहाले भन्नुभयो । उपयुक्त स्थानको खोजि गर्न आग्रह गर्दे उहाले समय मिलाएर निरिक्षण गर्नेसमेत बताउनुभयो ।

छलफलमा बोल्दै होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहनशर्मा लामिछानेले बारामा अन्तराष्ट्रिय क्रिकेट मैदान बने पर्यटन प्रवद्धनमासमेत यसले ठुलो मद्धत पुग्ने बताउनुभयो । ‘बारामा हामीले सोचेको जस्तो अन्तराष्ट्रिय क्रिकेट मैदान बन्यो भने हामीलाई पर्यटन प्रवद्धनका हिसावले पनि फाईदा पुग्छ’ उहाले भन्नुभयो ।

 

छलफलमा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजन पौडेलले क्रिकेट मैदान बनाउने बिषयमा अन्य स्थानमा निरिक्षण गरिए जस्तै बारामा पनि निरिक्षण गर्न आग्रह गर्नुभयो । छलफलमा कुञ्जना घिमिरे सुन्तली लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*