सिमरामा जन–स्वास्थ्यकर्मी महासंघको जिल्ला भेला सम्पन्न
ए वान डेस्क /
नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल प्रगतिशिल जन–स्वास्थ्यकर्मी महासंघ जिल्ला आयोजक समिति बाराको जिल्ला भेला आज सिमरामा सम्पन्न भएको छ । जिल्ला भेलाको नेकपा माओवादी केन्द्रकी केन्द्र्रिय सचिवालय सदस्य अञ्जना विशङ्खेले उद्घाटन गर्नुभएको थियो ।
भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजन पौडेल, अखिल नेपाल प्रगतिशिल जन–स्वास्थ्य महासंघका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नम्बर २ का ईनचार्ज नागमणी पटेल, नेताहरु सोनालाल शाह, मिनप्रसाद आपागाई, तिलक श्रेष्ठ, जगरनाथ घिमिरे, महिला नेतृहरु गिता कडेल, शोभा कार्की लगायतको उपस्थिति रहेको थियो । भेला अशोक जैशवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।















