एमाले निकट जिफन्टले बारामा यसरी मनायो मजदुर दिवस

ए वान डेस्क
१८ बैशाख २०७५, मंगलवार १७:२८

ए वान डेस्क /

नेकपा एमाले निकट नेपाल टे«ड युनियन महासंघ जिफन्टले आज १२९औ मजदुर दिवस मनाएको छ । दिवसको अवसरमा जिफन्टले बाराको छातापिप्रामा आज बिहान र्याली निकालेको थियो ।

र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दे नेकपा एमालेका केन्द्रिय सदस्य बलबिर चौधरीले मजदुरहरुको समस्या समाधान गर्न एमाले नेतृत्वको सरकार प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले मजदुरहरुलाई आईपर्ने कुनैपनि समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो । उहाले मजदुरहरुको अधिकार स्थापित गर्न आफु लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै एमाले बाराका उपाध्यक्ष देवनारायण चौधरीले मजदुर बलियो शक्ति भएको बताउनुभयो । उहाले मजदुरकै कारण राजनितिक आन्दोलन पुरा भएकोभन्दै मजदुरको माग पुरा गर्न सम्बद्ध सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले योग्यता अनुसारको काम र काम अनुसारको दामको व्यवस्था राज्यले गर्नुपर्ने बताउनुभयो । मजदुरहरुले आफ्ना पेशागत मागलाई दृढताका साथ राख्नुपर्नेभन्दै उहाले आउने ऐनको लागी मजदुरहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा समग्र उद्योग टे«ड युनियनका पुर्व उपाध्यक्ष अमृतलाल श्रेष्ठ, समग्रका केन्द्रिय सदस्य प्रेम सिंह, मजदुर नेता सञ्जय पटेल, एमालेका क्षेत्रिय सदस्य राम क्षेत्री पटेल लगायतको उपस्थिति रहेको थियो । जिफन्ट पर्साका अध्यक्ष रामानन्द पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिफन्ट बाराका अध्यक्ष मुक्ति चौधरीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*