सरकारले मजदुरको बिशेष ख्याल गर्नुपर्छ : शोभा लामा

ए वान डेस्क
१८ बैशाख २०७५, मंगलवार १७:५९

ए वान डेस्क /

नेपाली काग्रेस निकट नेपाल टे«ड युनियन बाराले आज सिमरामा १२९औ मजदुर दिवस मनाएको छ । दिवसको अवसरमा सिमरामा आयोजित कार्यक्रमको प्रदेशसभा सदस्य शोभा लामाले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे लामाले मजदुरहरुको हकहितको निम्ति राज्यले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । मजदुरहरुले उचित पारिश्रमीक नपाएकोभन्दै उहाले यसबिषयमा पनि सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल कारखाना संघका केन्द्रिय सदस्य अमृत जोसी, युनियनका क्षेत्रीय अध्यक्ष लक्ष्मण कुर्मी, कारखाना संघका जिल्ला अध्यक्ष प्रदिप रिजाल, काग्रेस नेता छविलाल शर्मा लगायतको उपस्थिति रहेको थियो । टे«ड युनियन बाराका उपाध्यक्ष सोनालाल शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव धुर्व रायले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*