जीतपुरमा अखिल नेपाल ट्रेड युनियनले मजदुर दिवस मनायो

ए वान डेस्क
१८ बैशाख २०७५, मंगलवार १८:४०

ए वान डेस्क /

१२९औ मजदुर दिवसको अवसमार नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियनले आज बाराको जीतपुरमा र्याली निकालेको छ । गढिमाईबाट निकालिएको र्यालीले जीतपुर बजार परिक्रमा गरेको थियो ।

र्यालीपछि जीतपुरको गौशालामा आयोजित कोणसभालाई सम्बोधन गर्दे अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सोनालाल शाहले मजदुरहरुको हितमा सरकारले जतिसक्दो छिटो श्रम ऐन लागु गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अनिल श्रेष्ठले मजदुरको पारिश्रमीक न्युन भएकोभन्दै तत्काल सरकारले बृद्धि गर्नेतर्फ बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अनिल श्रेष्ठले मजदुरको पारिश्रमीक न्युन भएकोभन्दै तत्काल सरकारले बृद्धि गर्नेतर्फ बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, मजदुर नेताहरु अर्जुन चिमोरिया, गजाधर पटेल, अक्ष्य ओझा, लाल बहादुर पटेल लगायतको उपस्थिति रहेको थियो ।

हरि मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बेनि तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रममा मिनप्रसाद आपागाईले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*