मजदुर दिवसको अवसरमा वीरगंजमा अन्तरकृया

ए वान डेस्क
१८ बैशाख २०७५, मंगलवार २०:०३

आबिद अहमद /

१२९औं विश्व मजदुर दिवसको अवसरमा राजपा नेपालको भातृ संगठन स्वतन्त्र प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ नेपाल पर्साले वीरगंजमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सम्बोधन गर्दै राजपा नेपालका महासचिव राजेशमान सिंहले मजदुरहरु अझै पनि शोसित पीडित रहेको भन्दै उनीहरुको अधिकार स्थापित नहुन्जेल सम्म मजदुर र मालिकबीच देखिएको खाडल यथावत रहने बताउनुभयो ।

यस्तै अर्का महासचिव शिव पटेलले मजदुरको हितमा जस्तोसुकै आन्दोलन गर्न आफूहरु तयार रहेको बताउनुभयो । मजदुर नेता राम बाबु महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका सह–महासचिव नेजामुद्दीन समानी, केन्द्रीय सदस्यहरू मुन्नी श्रीवास्तव, रम्भा मिश्र, मिनु ठाकुर, अशरत अंसारी, युवा नेताहरू डा. अनुज यादव, निरज पाण्डे, बिरेन्द्र यादव, भुषाल चौंरसिया, विधार्थी नेता मधुसूदन चौरसिया, अफरोज मंसूरी लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रमको सहजीकरण पार्टीका जिल्ला सचिव उमेशलाल सहनीले गर्नु भएको थियोे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*