प्रदेश ३ : बिष्ट अध्यक्षमा नर्वाचित, गृह जिल्लामै अधिकारीले तोडे सिण्डिकेट, हेर्नुहोस मतपरिणाम
ए वान डेस्क /
पत्रकार महासंघ प्रदेश नम्बर ३ को अध्यक्षमा पत्रकार प्रताप बिष्ट निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गिरिजा अधिकारीलाई १८१ मत अन्तरले पराजित गर्दे बिष्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्ष पदका लागी प्रदेश नम्बर ३ को १० जिल्लामा आज निर्वाचन भएको थियो । अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्ष पदका लागी २ जनाले उम्मेदवारी दिएपछि आज निर्वाचन भएको हो । मकवानपुर, चितवन, काभ्रे, धादिङ्ग, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, दोलखा, सिन्धुली र रामेछापमा निर्वाचन भएको हो ।
बिष्ट पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष हुन् भने अधिकारी निवर्तमान उपाध्यक्ष हुन् । बिष्ट प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेण्टरको संयुक्त उम्मेदवारको रुपमा खडा भएका थिए भने अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
अधिकारीले यसअघि पनि पत्रकार महासंघ मकवानपुरको चुनावमा अध्यक्ष पदका लागी स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसबेला पनि उनी झिनो मत अन्तरले पराजित भएका थिए ।
हेर्नुहोस मतपरिणाम
अध्यक्ष पदका लागी आज भएको निर्वाचनमा बिष्टले ४९१ मत ल्याउनुभएको थियो भने अधिकारीले ३१० मत ल्याउनुभयो । कुन जिल्लामा कसले कति मत ल्याए ? हेर्नुहोस मतपरिणाम

मकवानपुरमा अधिकारीले तोडे सिण्डकेट
प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेण्टरको संयुक्त उम्मेदवारको रुपमा खडा भएका बिष्टलाई गृह जिल्ला मकवानपुरमा अधिकारीले पराजित गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिएका अधिकारीले बिष्टलाई गृह जिल्ला मकवानपुरमा ७ मत अन्तरले पराजित गरेका हुन् ।
मकवानपुरमा बिष्टले ४८ मत ल्याएका थिए भने अधिकारीले ५५ मत ल्याएका थिए । ३ दलबिरुद्धको सिण्डिकेट तोड्दै अधिकारीले ईतिहास रचेका छन् । योसंगै अधिकारीले ४ जिल्लामा जित हासिल गरे ।
मकवानपुरसंगै सिन्धुली, नुवाकोट र सिन्धुपाल्चोकमा विजयी भएका अधिकारी नैतिक रुपमा प्रदेश नम्बर ३ को चुनाव विजयी भएका बिष्ट निकट एक पत्रकारले ए वान समाचारलाई बताए ।
अधिकारीले बिष्टलाई दिए बधाई
अध्यक्षमा विजयी भएका बिष्टलाई अधिकारीले बधाई दिएका छन् । निर्वाचनको मतपरिणाम शार्वजनी भए लगत्तै बिष्टलाई भेट्न पुगेका अधिकारीले सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
यसैबिच, अधिकारीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत अधिकारीले प्रदेश नम्बर ३ को चुनावमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका हुन् ।















