प्रदेश २ : पत्रकार महासंघमा संयुक्त गठबन्धनको प्यानलनै विजयी

ए वान डेस्क /
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ मा संयुक्त गठबन्धनको प्यानलनै विजयी भएको छ । आज भएको निर्वाचनमा प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरको तर्फबाट संयुक्त गठबन्धनको प्यानलनै विजयी हो । निर्वाचनको मतपरिणाम अनुसार बरिष्ठ पत्रकार दिपेन्द्र चौहान अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
यस्तै उपाध्यक्ष(खुल्ला) तर्फ के.सी. लामिछाने, उपाध्यक्ष(महिला) तर्फ रिंकुकुमारी मिश्र, महासचिवतर्फ किरणकुमार कर्ण, सचिव(खुल्ला) तर्फ गुरुप्रसाद गौतम, सचिव(समाबेशी) तर्फ राम नारायण विश्वास र कोषाध्यक्ष तर्फ प्रवीण साह निर्वाचित हुनुभएको कलैयाबाट पत्रकार सुनिल गाउलले जानकारी दिनुभयो ।
यस्तै खुल्ला सदस्यहरुमा संयुक्त गठबन्धनका भोजराज भट्टराई, धिरेन्द्र राय, अजितकुमार सिंह, शैलेन्द्र झा, राजनकुमार सिंह, सदस्य (आदिवासी जनजाति) तर्फ जितलाल श्रेष्ठ, जगत राई, सदस्य(मधेसी) तर्फ बैधनाथ चौधरी र अजय कुमार साह निर्वाचित हुनुभएको छ । पत्रकार महासंघ प्रदेश नम्बर २ मा पाच जना यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन ।
यसअघि महिला सदस्य तर्फ विम्मी शर्मा, चन्दाकुमारी साह, ललिता साह, दलित सदस्य तर्फ सिकेन्द्र पासवान र अल्पसंख्यक सदस्य तर्फ हदिश खुददार निर्विरोध निर्वाचित भईसकेका छन् । यस्तो छ मतपरिणाम :