बिद्यालयमा शिक्षक राख्न अमलेखगञ्जमा सरोकारवालाबिच छलफल

जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर २१ मा रहेको नेपाल राष्ट्रिय माद्यामिक बिद्यालयमा शिक्षक पदपुर्ती गर्न सरोकारवालाबिच छलफल कार्यक्रमको आयोजना गरिएको छ । बिद्यालयको सभाहलमा आयोजित छलफल कार्यक्रममा शिक्षक पदपुर्ती गर्न आफुले सक्दो सहयोग गर्ने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।
बिद्यालयका प्रधानाध्यापक अश्मिता आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरी, वडा नम्बर २२ का वडा अध्यक्ष मणिकलाल थिङ्ग, होटल व्यवसायी संघका अध्यक्ष मोहन शर्मा लामिछाने, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय उद्योगि व्यवसायी, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो । छलफल कार्यक्रममा बोल्दै वडा नम्बर २१ वडा अध्यक्ष कृष्ण ठकुरीले बिद्यालयलाई नमुना बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । सबैको सहयोगले मात्र बिद्यालय नमुना बन्ने भन्दै उहाले स्वार्थभन्दा माठि उठेर काम गर्नुपर्ने बताउनुभयो ।
होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले शिक्षक पदपुर्ती गर्नको लागी मासिक एक हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभयो । शिक्षालेनै समाज परिवर्तन गर्नेभन्दै उहाले एक भएर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।
छलफलमा सहभागी बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय उद्योगि व्यवसायी, शिक्षक, अभिभावक लगायतले आर्थीक सहयोग गर्ने घोषणा गरेका थिए । कार्यक्रमकाबिच अभिभावकहरुले आर्थीक रकमसमेत संकल्न गरेको बुझिएको छ ।