देशभरका वडामा नाै हजार कर्मचारी रिक्त

ए वान डेस्क
२३ बैशाख २०७५, आईतवार ०८:३९

देशका ७५३ स्थानीय तहका छ हजार ७३४ वडामा नौ हजारभन्दा बढी कर्मचारीको दरबन्दी खाली छ। रिक्त दरबन्दीमध्ये वडाध्यक्षलाई प्रत्यक्ष सहयोग पुर्याउने वडासचिव पद नै बढस् संखयामा रिक्त रहको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

सबै वडामा सचिवसहित १६ हजार २४३ कर्मचारी आवश्य पर्नेमा नौ हजार ९२ दरबन्दी रिक्त छ। वडामा सुब्बा तथा खरिदार तहका कर्मचारी हुन्छन्। कर्मचारी रिक्त रहँदा सेवाग्राही प्रत्यक्ष सेवाबाट वञ्चित छन्। कर्मचारी अभावमा नीति, बजेट तथा कार्यक्रम बनाउने काममा समेत समस्या भइरहेको मन्त्रालयले जनाएको छ।

त्यसो त देशभरका स्थानीय तहमा मात्रै प्रशासन सेवाका खरिदारदेखि सहसचिवस्तरसम्म १० हजार ८४२ कर्मचारी अभाव छ। कर्मचारी अभाव भएपछि मन्त्रालयले देशभरका विभिन्न कार्यालयमा रहेका कर्मचारीलाई स्थानीय तहमा खटाउनकै लागि १५ दिने समय दिएर निवेदन माग गरेको थियो।

खरिदार–सुब्बादेखि उपसचिवसम्मकै कर्मचारीबाट निवेदन माग गरिएकामा देशभर सात हजारभन्दा बढी कर्मचारीको निवेदन परेको मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव रुद्रसिंह तामाङले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*