समुहका सदस्यहरुद्धारा रमिलालाई आर्थीक सहयोग, संयोजक अधिकारीद्धारा प्रशंसा

ए वान डेस्क
२३ बैशाख २०७५, आईतवार १०:५५

ए वान डेस्क /

साना किशान कृषि सहकारी संस्था लिमिटेड सिमरा शाखा अन्र्तगत बजार क्षेत्रमा रहेको समुहले सदस्य रमिला बर्तोला घिमिरेलाई आर्थीक सहयोग गरेको छ । श्रीमान कष्ण घिमिरेको मृत्यु भएपछि समुहले सदस्य रमिलालाई आर्थीक सहयोग गरेको हो ।

वडा नम्बर १ निवासी घिमिरेको केहिदिन अघि ज्वरोका कारण मृत्यु भएको थियो । बजार क्षेत्रमा रहेको समुह नम्बर ३३ का १९५ जना सदस्यहरुले एक–एक सय उठाएर रमिलालाई १९ हजार ५ सय रुपैया आर्थीक सहयोग गरेका हुन् ।

आर्थीक सहयोग गर्न समुह ९ अन्र्तगतको उक्त समुहका सदस्यहरुसंग सिमरा शाखाकी संयोजक कमला अधिकारी रमिलाको घर पुग्नुभएको थियो । रमिलालाई आर्थीक सहयोग गर्दे संयोजक अधिकारीले धैर्यधारण गर्न आग्रह गर्नुभयो ।

ए वान समाचारसंग कुरागर्दे अधिकारीले रमिला जस्तै अन्य सदस्यहरुलाई पनि आगामि दिनमा यस्तै आर्थीक सहयोग गरिने बताउनुभयो । ‘हाम्रो संस्थाले हाम्रा सदस्य वा सदस्यका परिवारलाई केहि भईहालेमा सहयोग गर्दे आएको छ, त्यसबाहेकपनि समुहका सदस्यहरु मिलेर यसरी गर्नु खुशिको कुरा हो’ उहाले भन्नुभयो ।

यसैबिच, बजार क्षेत्रमा रहेको समुह नम्बर १६ ले पनि आगामी दिनमा आफ्ना सदस्यहरुलाई यस्तै सहयोग गर्ने निर्णय गरेको छ । समुह ३३ का सदस्यहरुले गरेको कार्य प्रशंसनीय रहेकोभन्दै सो समुहले बैठक नै बसेर आफ्ना सदस्यहरुलाई आर्थीक सहयोग गर्ने निर्णग गरेको संयोजक अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*