‘सुवेदी दम्पती’ को अनुसन्धानमा समितिले कुनै अवरोध नगर्ने 

फाईल फोटो
ए वान डेस्क
२३ बैशाख २०७५, आईतवार १५:००

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर ३ स्थित बजनीमा भएको सुवेदी दम्पती हत्याको अनुसन्धानमा दबाब तथा सरोकार समितिले कुनै अवरोध नगर्ने भएको छ । संयोजक निरु रायमाझीको अध्यक्षतामा बसेको समितिको बैठकले हत्याको अनुसन्धानमा कुनै अवरोध र दबाब नदिने निर्णय गरेको हो ।

बैठकमा वडा नम्बर ३ का वडा अध्यक्ष जगरनाथ घिमिरे, सदस्यहरु गिता कडेल, कमला घिमिरे, शिला खनाल, गिता शर्मा, असिना उप्रेती, सुशिल ढोडारी, रिना बजगाई, मदन तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*