बारामा मिरा चौधरी आएपछि प्रहरीको उड्यो सात्तो, बन्द हुने भयो तस्करसंगको सेटिङ्ग

ए वान डेस्क
२४ बैशाख २०७५, सोमबार १५:५८

ए वान डेस्क /

जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न मिरा चौधरी बारा आउनुभएको छ । छोटो समयमै सामाजिक कार्य गरेर निकै लोकप्रियता कमाएका राजकुमार बैदवारको शरुवा भएपछि चौधरी बारा आउनुभएको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को ठाडो निर्देशनमा चौधरी बारा आउनुभएको उच्च स्रोतले बताएको छ । केहिदिन अघि बाराको सिमरामा भएको सुरक्षा गोष्ठिपछि गृहमन्त्री बादलले नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई चौधरीलाई बारा पठाउन निर्देशन दिएका थिए ।

‘कमजोर सुरक्षा स्थिति र बढ्दो हत्या हिंसा न्युनिकरणका लागी बारामा चौधरी आवश्यक रहेकोभन्दै गृहमन्त्रीको ठाडो निर्देशनमा चौधरीलाई बारा राख्ने काम गरिएको हो’ नाम नखुलाउने शर्तमा प्रहरी प्रधान कार्यालय नक्सालका एक उच्च प्रहरीले ए वान समाचारलाई बताए ।

प्रहरीको उड्यो सात्तो

मिरा चौधरी बारा आएसंगै प्रहरीको सात्तो उठेको छ । खासगरी तस्करहरुसंग सेटिङ्ग मिलाएर कमाउन पोक्त भएका प्रहरीहरु डराउन थालेका छन् । ‘अब हामी जस्तोलाई त खासै फरक पर्देन्, तर तस्करसंगको सेटिङ्ग गरेर खाने साथीहरु डराउन थालिसके’ बाराका एक प्रहरी जवानले भने ।

‘धेरै त म भन्दिन उनको कार्यकालमा २–४ जना प्रहरीको चाही जागिर जान्छ’ उनले थपे । बारामा अहिलेपनि तस्करसंग सेटिङ्ग मिलाएर प्रहरीहरुले मासिक रुपमा पैसा असुल्ने गरेका छन् ।

पोके व्यवसाय गर्नेदेखि ठुला व्यवसाय गर्नेसम्मको संरक्षण गरी ति प्रहरीहरुले उनीहरुबाट माटो रकम असुल्ने गरेका छन् ।

को हुन् मिरा चौधरी ?

चौधरी २०५१ सालमा महिलातर्फको खुल्ला प्रतिस्पर्धामा भिडेर प्रहरी निरीक्षकमा भर्ना हुनुभयो । कडा स्वभावकी एसपी चौधरी अपराध महाशाखामा हुँदा गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरमा मारिएका थिए ।

बालाजु वृतको डिएसपी भएका बेला त्यस क्षेत्रमा यौन अखडाहरु बन्द गराएर चर्चामा आउनुभएको थियो । सिआइबी आउनुभन्दा अघि मकवानपुरको प्रहरी प्रमुख हुनुभएकी चौधरीले उत्कृष्ठ कार्यसम्पादन गर्नुभएको थियो ।

सुन काण्डमा सफलता

विमान स्थलमा साढे ३३ किलो सुन बरामद गर्दा उहाँकै नेतृत्वमा सिआइबीले ठूलो सफलता पाएको थियो । त्यस्तै २०७१ साल चैतमा अपराध महाशाखा हनुमान ढोकामा कार्यरत रहँदा एसपी चौधरीको नेतृत्वको प्रहरी टोलीले ट्युसन पढिरहेकी किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्ने युवक जीवन विकलाई पक्राउ गरेको थियो ।

सरुवा रोक्ने प्रयास

पटक पटक गृह मन्त्रालयले चौधरीको सरुवा रोक्ने प्रयास समेत गरेको थियो । राजनितिक भागबण्डाका आधारमा समेत चौधरीलाई घुमाउने काम गरियो । कतिपय ठाउमा त चौधरीलाई नल्याउनसमेत राजनितिक दलका नेताहरुले पहल गर्ने गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*