‘शालिमार सिमेन्टले मुस्लो धुवा फालेर मनलाग्दी गर्देछ’

ए वान डेस्क /
बाराको सिमरामा रहेको शालिमार सिमेन्टको अनुगमन गरिने भएको छ । जगदम्बा स्टिल प्रा.लिको अनुगमन गर्न आएको वातावरण मन्त्रालयको टोलिले शालिमारको अनुगमन गर्ने बताएको हो ।
शालिमारले स्थानीयवासीमा पारेको प्रभावका बिषयमा वडा नम्बर ३ का वडा अध्यक्ष जगरनाथ घिमिरे र वडा नम्बर ६ का वडा अध्यक्ष कैमुदिन अंसारीले वातावरण निरिक्षक निर्मल चौधरीको ध्यानाकष्र्ण गराउनुभएको थियो । ध्यानाकष्र्ण पत्र बुझ्दै वातावरण निरिक्षक चौधरीले उपयुक्त समय मिलाएर शालिमार सिमेण्टको अनुगमन गरिने बताउनुभयो ।
सबै नागरीक स्वच्छ वातावरणमा बस्न पाउनुपर्नेभन्दै उहाले सत्यतथ्य बुझ्न आफुहरु छिट्टै बारा आउने बताउनुभयो । यसअघि राधाकृष्ण मध्यवर्ती सामुदायीक बन उपभोक्ता समुहको कार्यालय परिषरमा आयोजित छलफल कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष कैमुदिन अंसारीले शालिमार सिमेन्टले दिनप्रतिदिन मनलाग्दी गर्दे आएको बताउनुभयो ।
‘शालिमार सिमेन्टले मुस्लो धुवा फालेर मनलाग्दी गर्देछ, यस बिषयमा तपाईहरुको पनि ध्यान जोओस’ उहाले छलफलमा भन्नुभयो ।