सिमरामा भाङ्ग्रे खोला नियन्त्रण र अनुगमन गर्न छुट्टा छुट्टै समिति

ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर २ मा रहेको भाङ्ग्रे खोला नियन्त्रण गर्न उपभोक्ता समिति गठन गरिएको छ । सिमरामा आयोजित एक भेलाका बिच हिजो भाङ्ग्रे खोला नियन्त्रण गर्न उपभोक्ता समिति गठन गरिएको हो ।
स्थानीय सोमलाल बोम्जनको अध्यक्षतामा गठित समितिले सरसफाईको समेत काम गर्नेछ । गठित समितिको सचिवमा विशाल घिमिरे, कोषाध्यक्षमा सावित्री शर्मा रहनुभएको छ ।
यस्तै समितिको सदस्यहरुमा सुभद्रा ढुंगाना, नरमाया बास्तोला, श्याम मिजार, पदम लामा, सृजना चौलगाई, आरिफ हुसेन, रामहरी भट्ट, शान्ति भुजेल, रामकृष्ण तिमल्सिना, शम्भु श्रेष्ठ रहनुभएको छ ।
यस्तै भाङ्ग्रे खोला नियन्त्रण तथा सरसफाई कार्य अनुगमन गर्नसमेत समिति गठन गरिएको छ । समितिमा उमा राई, हेमराज न्यौपाने, हरि चौधरी, हरि नारायण ढुंगाना, सिता मगर, निर कार्की र ईच्छावती मग्राती रहनुभएको छ ।
यसअघि भेलालाई सम्बोधन गर्दे वडा नम्बर २ का वडा अध्यक्ष तिलकबहादुर श्रेष्ठले वडा नम्बर २ लाई नमुना वडा बनाउन सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।