मलेसियामा ढल्यो ६० वर्षे शासन, महाथिरलाई बहुमत

ए वान डेस्क
२७ बैशाख २०७५, बिहीबार ०८:१६

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ । ६० वर्षसम्म सत्तामा रहेको पार्टी बारिसन नेशनल (बीएन)लाई हराएकाले अब महाथिर पुनः प्रधानमन्त्री बन्नेछन् ।

निर्वाचन आयोगका अनुसार महाथिरको पार्टीले ११३ सिट जितेको छ । सरकार बनाउनका लागि ११२ सिट भए पुग्छ । निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै महाथिरको पार्टीका समर्थकहरु सडकमा विजय उत्सव मनाइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*