सिमरामा ‘वनको बैज्ञानिक व्यवस्थापन’ सम्बन्धि अन्र्तक्रिया सम्पन्न
ए वान डेस्क /
बाराको सिमरामा वनको बैज्ञानिक व्यवस्थापन सम्बन्धि अन्र्तक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । जिल्ला वन कार्यालय बाराको सहयोगमा राष्ट्रिय फोटो पत्रकार समुह बाराले अन्र्तक्रिया आयोजना गरेको हो ।
अन्र्तक्रिया कार्यक्रमको जिल्ला वन कार्यालय बाराका प्रमुख वन अधिकृत भैरव प्रसाद घिमिरले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै जिल्ला वन अधिकृत घिमिरेले वन संरक्षण गर्न वैज्ञानिक वन व्यवस्थापनले ठुलो भुमिका राख्ने बताउनुभयो ।
कार्यक्रममा नेफ्टाका केन्द्रिय अध्यक्ष बिन्देश्वर पटेल, पत्रकार महासंघ प्रदेश नम्बर २ का सचिव गुरु प्रसाद गौतम, पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य सिकेन्द्र पाश्वान, पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्याय र प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रकाश लम्सालले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सेक्टर बन कार्यालय पथलैयाका प्रमुख तोयानाथ पौडेल, सेन्टर बन कार्यालय निजगढका प्रमुख मञ्जुर अहमद लगायत सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
राष्ट्रिय फोटो पत्रकार समुह बाराका अध्यक्ष जितलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समुह बाराका महासचिव दिवाकर भण्डारीले गर्नुभएको थियो । कार्यक्रमकाबिच सहभागीहरुले बैज्ञानिक वन व्यवस्थापनका बिषयमा जिज्ञासा राखेका थिए ।















