सिमरा प्रहरीद्धारा अबैद्य लागु औषधसहित निजगढका थापा पक्राउ

ए वान डेस्क /
ईलाका प्रहरी कार्यालय सिमराले अबैद्य लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक भुवन भट्ट नेतृत्वको टोलिले अबैद्य लागु औषधसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा निजगढका दिनेश थापा रहेको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ । बिशेष सुचनाको आधारमा सिमराबाट खटिएको प्रहरी टोलिले थापालाई पथलैया–हेटौडा सडक खण्डबाट पक्राउ गरेको हो ।
थापाको साथबाट प्रहरीले ईन्जेक्सन डाईजिलेब १४७ थान, फेनारर्गन १४४ थान र नुफिन १४७ थान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय अमलेखगञ्जको सहयोगमा थापालाई ठुलो मात्रामा लागु औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार थापा निजगढ नगरपालिका वडा नम्बर ५ निवासी भिर बहादुर थापाका छोरा हुन् । थापाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।