एकाबिहानै सिमरा बिमानस्थलमा लाग्यो आगो

ए वान डेस्क /
बाराको सिमरा बिमानस्थलमा एकाबिहानै आगलागी भएको छ । तर त्यो आगो नागरीक उड्यन प्रशिक्षण प्रतिष्ठान काठमाण्डौले सञ्चालन गरेको तालिमका क्रममा लगाईएको हो ।
तालिमको अन्तिम दिन प्रतिष्ठानले सिमरा बिमानस्थलमा कार्यरत्त अग्नि नियन्त्रकहरुलाई आज बिशेष प्रशिक्षण दिएको थियो । बिमान वा बिमानस्थल छेउछाउमा आगोलागी भएमा कसरी उद्धार गर्ने भन्ने बिषयमा अग्नि नियन्त्रकहरुलाई ५ दिने बिशेष तालिम दिईएको थियो ।
तालिमको अन्तिम दिन आज अग्नि नियन्त्रकहरु तालिममा सिकेका कुरा प्रयोगात्मक अभ्यासमार्फत उद्धार कार्यमा लागेका थिए । अग्नि नियन्त्रकको क्षमता अभिबृद्धि गर्न सो तालिम सञ्चालन गरिएको नागरीक उड्यन प्रशिक्षण प्रतिष्ठान काठमाण्डौका निर्देशक राजिव गिरिले ए वान समाचारलाई जानकारी दिनुभयो ।
आईकाउको मान्यता अनुसार बिमान वा बिमानस्थल छेउमा आगलागी भईहालेमा २ वा ३ मिनेट भित्रमा आगो नियन्त्रणमा लिईसक्नुपर्ने उहाले बताउनुभयो । तालिमको समापन कार्यक्रममा बोल्दै सिमरा बिमानस्थलका प्रमुख हिराजन काफ्लले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नागरीक उड्यन प्रशिक्षण प्रतिष्ठान काठमाण्डौका निर्देशक राजिव गिरि, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्ट लगाायतको उपस्थिति रहेको थियो ।