सिमरा बिमानस्थलको मुल गेट बनाउने काम शुरु

ए वान डेस्क /
बाराको सिमरा बिमानस्थलमा लामो समयदेखि जिर्ण अवस्थामा रहेको मुल गेटको निमार्ण कार्य शुरु भएको छ । मुल गेट बनाउने बिषयमा बिमानस्थल कार्यालयले चासो नदेखाउदा झन्डै १ बर्षदेखि जिर्ण बनेको थियो ।
लामो समयदेखि जिर्ण अवस्थामा रहेको मुल गेट बनाउने काम आलमदेवी निमार्ण सेवा कम्पनीले पाएको छ । बिमानस्थल कार्यालयका प्रमुख हिराजन काफ्लले आलमदेवी निमार्ण सेवा कम्पनीसंग जेठ मसान्तसम्म काम सक्ने गरी १० लाख रुपैयामा सम्झौता भएको बताउनुभयो ।
‘हामीले मुल गेट बनाउने काम आलमदेवी निमार्ण सेवा कम्पनीलाई दिएका छौ, जेठ महिनाभित्र काम गर्ने सम्झौता भएको छ’ ए वान समाचारसंग कुरागर्दे उहाले भन्नुभयो । मुल गेट बनाउन आलमदेवी निमार्ण सेवा कम्पनीसहित ३ जनाको टेण्डर परेको बिमानस्थल प्रमुख काफ्लले जानकारी दिनुभयो ।
‘बिमानस्थलको मुल गेट बनाउने काम हामीले पाएका छौ, अब जेठ मसान्तसम्म हामी रंग रोगन गरेर गेट चिटिक्क बनाउनेछौ’ आलमदेवी निमार्ण सेवा कम्पनीका सञ्चालक गणेश शाहले भन्नुभयो ।