विदेशबाट ल्याइएको मोबाइलमा यस्तो नयाँ व्यवस्था

ए वान डेस्क
३० बैशाख २०७५, आईतवार १०:०५

व्यक्तिगत रुपमा विदेशबाट ल्याएको मोबाइल दुरसञ्चार प्राधिकरण तोकेको संख्या अनुसार एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिन्छ ।

वेवसाइट एमएमएस अथवा मोबाइल एप्लिकेसनमार्फत विदेशबाट ल्याएको मोबाइल पनि दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यसरी विदेशबाट ल्याउन सक्ने मोबाइलको परिणाम भने वार्षिक रुपमा तोक्न सक्छ । आजको गोरखापत्रमा समाचार छ ।

सर्वसाधारणलाई वेवसाइट अथवा एसएमएस मार्फत पनि एमडीएमएस प्रणालीमा मोबाइल दर्ता भएको वा नभएको जानकारी दिने प्राधिकरणले गर्नेछ ।

मोबाइलको आईएमईआई नम्बर लग इन गरेपछि एमडीएमएस प्रणालीले उक्त मोबाईल सेतो वा कालो सूचीमा छ, त्यसको जानकारी उपलब्ध गराउने छ ।

यदि मोबाइलको उक्त नम्बर सूचीमा नभए उक्त मोबाईल अबैध रुपमा वा चोरीका रुपमा भित्रिएको पत्ता लाग्ने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*