बाराबाट ५ जना हवल्दारको नाम असईको लागी सिफारिस

ए वान डेस्क /
नेपाल प्रहरीका २ सय ९८ प्रहरी हवल्दार असईमा बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले उनीहरुको बढुवाका लागी सिफारिस गरेको हो ।
बढुवा समितिको शनिवार बसेको बैठकले २९८ हवल्दारको बढुवा गर्ने निर्णय गरेको कार्यालयले जनाएको छ ।
बाराबाट को–को परे ?
बाराबाट पाच जना हवल्दारको नाम प्रहरी सहायक निरीक्षकको लागी सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयबाट प्राप्त जानकारी अनुसार बढुवा समितिले बाराका पाच जना हवल्दारको नाम प्रहरी सहायक निरीक्षकको लागी सिफारिस गरेको हो ।
सिफारिस हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका नारायण प्रसाद खरेल, ईलाका प्रहरी कार्यालय निजगढका अवेधशकुमार झा, क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बाराका राम नरेश दास र प्रहरी चौकी बसतपुरका केशव मान डंगोल रहनुभएको छ ।