सिमरा क्षेत्रमा ३२ मिलिलिटर बर्षा

ए वान डेस्क
३१ बैशाख २०७५, सोमबार १०:५३

उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । आज बेलुकीसम्म देशभरको मौसम बद्ली हुने मौसमविद्को अनुमान छ । वायू मण्डलको तल्लो सतहमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा पश्चिमीको वायुको प्रभावसँगै पूर्वी क्षेत्रबाट आएको हावाका कारण प्रि मनसुन सक्रिय हुँदा झरी परेको मौसमविद् मिनप्रसाद अर्यालले बताउनुभयो ।

दिउँसो केहिबेर मौसम खुले पनि फेरि बदली भई पानी पर्ने सम्भावना छ । मौसमविद् अर्यालका अनुसार मंगलबार पनि मौसम यस्तै रहने छ । मंगलबार बेलुकीदेखि भने पानी पर्न रोकिने अनुमान गरिएको छ । तर प्रि मनसुनको समय भएकाले स्थानीय वायूको प्रभावले पनि पानी पार्न सक्ने मौसमविद्ले बताएका छन् ।

यसैबिच, गएको २४ घण्टामा सिमरा लगायत आसपासका क्षेत्रमा ३२ मिलिलिटर बर्षा भएको छ । प्राप्त जानकारी अनुसार सबैभन्दा धेरै नेपालगञ्जमा ३९ र सबैभन्दा कम दिपायलमा २ मिलिलिटर बर्षा भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*