रक्सौल–अमलेखगञ्ज पेट्रालियम पाईपलाईन बिस्तारको काम कहासम्म पुग्यो ?

ए वान डेस्क
३१ बैशाख २०७५, सोमबार १२:१५

प्रदिप गौतम /

रक्सौल–अमलेखगञ्ज पेट्रालियम पाईपलाईन बिस्तारको काम दु्रत गतिमा अघि बढेको आयोजनाले जनाएको छ । आयोजक प्रमुख प्रदिप यादवले निर्धारित समयभन्दा अगाडी नै पाईपलाईन बिस्तारको काम सकिने बताउनुभयो ।

ए वान समाचारसंग कुरागर्दे उहाले भन्नुभयो ‘काम धेरै अगाडी बढेको छ, हामी समय अवधीभन्दा अगाडी नै काम सिध्याउनेछौ’ । आयोजनाको १५ महिना अघि काम शुरु गरिएको थियो । अहिलेसम्म ३६ किलोमिटर मध्य ७ किलोमिटर पाईप गाडिसकिएको छ ।

‘अहिले १० किलोमिटर क्षेत्रमा गाड्ने पाईप तयारी अवस्थामा छ, अरु पाईप चिनिमिलको कारखानामा छ’ उहाले भन्नुभयो ।

कहा–कहा छ समस्या ?

निगमलाई ३६ किलोमिटर मध्य ४ किलोमिटर क्षेत्रफलमा पाईपलाईन बिस्तारको काम गर्न निकै समस्या देखिएको छ । यादवका अनुसार संखरआचार्य गेटदेखि रजतज्योति चोक, परवानिपुर बजार, जीतपुर बजार र पथलैयादेखि अमलेखगञ्जसम्मको जंगलमा समस्या देखिएको छ ।

‘यी ठाउ बाहेक अन्य बाकी ठाउमा ३ देखि ४ महिनाभित्रमा काम सकिन्छ, हामी यही ठाउमा अहिले धेरै समस्या छ’ उहाले भन्नुभयो ।

कसरी हुन्छ समाधान ?

पाईपलाईन बिस्तारका क्रममा देखिएका समस्या समाधान गर्न निरन्तर सडक बिभाग र प्रशासनसंग छलफल भईरहेको यादवले बताउनुभयो । ‘पथलैयादेखि अमलेखगञ्जसम्मको जंगलमा त खासै समस्या हैन्, ईआईए को रिर्पोट आए लगत्तैै हामी रुख काट्ने काम शुरु गर्छो’ उहाले भन्नुभयो ।

यादवका अनुसार परवानीपुर र जीतपुरमा स्थानीय आफैले संरचना हटाउने बताएपछि काम गर्नको लागी केहि सहज हुनेछ । ‘बाकी खाली ठाउमा काम अघि बढेको छ, ३ महिना भित्रमा जीतपुर र परवानपुरमा पनि संरचना भत्कियो भने काम सकिन्छ’ उहाले भन्नुभयो ।

निगमलाई चुनौती

पाईपलाईन बिस्तारको काम आयल निगमका लागीपनि चुनौतीको बिषय भएको बताउनुभयो । उहाले पाईपलाईप बिस्तारको काम आफुहरुले सोचेभन्दा पनि दु्रत गतिमा अघि बढेको बताउनुभयो । ‘यो काम हामीले सोचेभन्दा दु्रत गतिमा अघि बढेको छ, यो काम निगमको लागी नया चुनौती हो’ उहाले भन्नुभयो ।

रक्सौल–अमलेखगञ्ज पाईपलाईन बिस्तारको काम सम्पन्न भएसंगै अन्य क्षेत्रमा पनि पाईप लाईन बिस्तार गर्न सकिने उहाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*