उप–महानगरमा कुन–कुन महाशाखा हुन्छन् तपाईलाई थाहा छ ? यस्तो बन्नेछ संरचना !

प्रदिप गौतम /
संघिय संरचना अनुसार उप–महानगरपालिकामा ७ वटा महाशाखा बन्ने भएको छ । ति महाशाखाभित्र पनि बिभिन्न शाखा हुनेछन् । जस अनुसार उप–महानगरपालिकामा सामान्य प्रशासन महाशाखा, शहरी विकास तथा पुर्वाधार महाशाखा, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा, योजना, बजेट तथा सुचना प्रविधि महाशाखा, शिक्षा युवा तथा खेलकुद महाशाखा, आर्थीक विकाश महाशाखा, आर्थीक प्रशासन महाशाखा रहने व्यवस्था छ ।
जसको कानुन बनाएर नगरसभाले अनुमोदन गर्नुपर्नेछ । यसबाहेक नगरसभामा लेखा, विधायन, सुशासन तथा अन्य समितिहरु रहेनछन् । यस्तै ७ वटा महाशाखा बाहेकपनि नगर कार्यपालिकामा आर्थीक विकास, सामाजिक विकास, पुर्वाधार विकास र वातावरण तथा विपद् व्यवस्थापन समिति रहने प्रावधान छ ।
यता, उपमहानगरमा छुट्टै आन्तरीक लेखा परिक्षणको समेत प्रावधान रहेको छ ।
कुन महाशाखामा कुन–कुन शाखा हुन्छन् ?
१. सामान्य प्रशासन महाशाखा
सामान्य प्रशासन महाशाखा अन्र्तगत ६ वटा शाखा रहनेछन् । सामान्य प्रशासन महाशाखामा प्रशासन तथा जनशक्ति विकास शाखा, आन्तरिक व्यवस्थापन तथा खरिद शाखा, राजश्व व्यवस्थापन शाखा, कानुनी मामिला शाखा, भुमि व्यवस्थापन शाखा र वातावरण तथा बिपद व्यवस्थापन शाखा रहनेछ ।
२. शहरी विकास तथा पुर्वाधार महाशाखा
शहरी विकास तथा पुर्वाधार महाशाखा अन्र्तगत ४ वटा शाखा रहनेछन् । शहरी विकास तथा पुर्वाधार महाशाखामा सडक तथा यातायात व्यवस्था शाखा, बस्ती विकास तथा अन्य पुर्वाधार निमार्ण शाखा, भवन अनुमती तथा मापदण्ड कार्यान्वयन शाखा र सरसफाई व्यवस्थापन शाखा रहनेछ ।
३. स्वास्थ्य तथा सामाजिक विकास महाशाखा
स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्र्तगत ३ वटा शाखा रहनेछन् । स्वास्थ्य तथा सामाजिक विकास महाशाखामा महिला, बालबालिका तथा सामाजिक विकास शाखा, जनस्वास्थ्य प्रवद्धन शाखा र सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा रहनेछ ।
४. योजना, बजेट तथा सुचना प्रविधि महाशाखा
योजना, बजेट तथा सुचना प्रविधि महाशाखा अन्र्तगत ३ वटा शाखा रहनेछन् । योजना, बजेट तथा सुचना प्रविधि महाशाखामा योजना तथा बजेट शाखा, अनुगमन तथा मुल्यांकन शाखा र सुचना तथा संचार प्रविधि शाखा रहनेछ ।
५. शिक्षा युवा तथा खेलकुद महाशाखा
शिक्षा युवा तथा खेलकुद महाशाखा अन्र्तगत ३ वटा शाखा रहनेछन् । जस अनुरुप शिक्षा युवा तथा खेलकुद महाशाखामा प्रारम्भिक बाल बिकास तथा आधारभुत शिक्षा इकाइ, माद्यामिक शिक्षा शाखा र युवा तथा खेलकुद शाखा रहने प्रावधान छ ।
६. आर्थीक विकास महाशाखा
शिक्षा युवा तथा खेलकुद महाशाखा अन्र्तगत ४ वटा शाखा रहनेछन् । जस अनुसार शिक्षा युवा तथा खेलकुद महाशाखामा उद्योग तथा व्यवसाय प्रवद्धन शाखा, उपभोक्ता हित संरक्षण शाखा, पर्यटन तथा सास्कृती प्रवद्धन शाखा र सहकारी तथा रोजगारी प्रवद्धन शाखा रहने व्यवस्था छ ।
७. आर्थीक प्रशासन महाशाखा
आर्थीक प्रशासन महाशाखा अन्र्तगत एउटा मात्र शाखा रहनेछ । सो महाशाखामा आर्थीक प्रशासन शाखा मात्र रहने व्यवस्था गरिएको छ ।