डुमरवाना दुग्ध सहकारीमा यसबर्ष २६ लाखको दुध उत्पादन, १४ स्थानमा दुध संकल्न केन्द्र स्थापना

प्रदिप गौतम /
जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १५ मा रहेको डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले चालु आर्थीक बर्ष २०७४/०७५ मा २६ लाख १० हजार ६ सय ६२ लिटर दुध उत्पादन गरेको छ । यो चैत्र मसान्तसम्मको तथ्यांक हो ।
गत आर्थीक बर्ष २०७३/०७४ ३१ लाख ३ सय ९१ लिटर दुध संकल्न गरिएको संस्थाले जनाएको छ । यसअघि आर्थीक बर्ष २०७२/०७३ मा भने २४ लाख ३१ हजार ८ सय ९७ लिटर दुध उत्पादन गरिएको संस्थाका प्रबन्धक दिपक घिमिरेले ए वान समाचारलाई जानकारी दिनुभयो ।
डुमरवानामा संकल्न हुने दुध राजधानी काठमाण्डौसहित देशका ३ जिल्लामा विक्रि वितरण हुने उहाले बताउनुभयो । घिमिरेका अनुसार काठमाण्डौ, पोखरा र हेटौडामा संस्थाको दुध विक्रि वितरण भईरहेको छ । जिल्ला बाहिर अहिले दैनिक रुपमा ८ हजार लिटर दुध विक्रि वितरण भईरहेको उहाले जानकारी दिनुभयो ।
संस्थामा अहिले दैनिक १० हजार ५ सय लिटर दुध आउने गरेको छ । त्यसमध्य २५ सय लिटर दुध जिल्लामा खपत हुने गरेको घिमिरेले जानकारी दिनुभयो ।
१४ स्थानमा दुध संकल्न केन्द्र
घिमिरेका अनुसार १४ स्थानमा दुध संकल्न केन्द्र स्थापना गरिएको छ । हात्तिसार, रजघट्टा, जोर्लाही, मौलापुर, नयावस्ती, भवानीपुर, सुक्लैया, कर्तवा, महेन्द्रनगर, डकाहा पैनिटोल, बडहर्वा, पिलुवा, फत्तेपुर र अम्माडारमा दुध संकल्न केन्द्र स्थापना गरिएको घिमिरेले जानकारी दिनुभयो ।
संस्थामा अहिले २ हजार ५० जना सदस्य आबद्ध छन् तर कारोवार भने २२ सय जनाले गरिरहेका छन् ।
११ जनाको रोजगारी
घिमिरेका अनुसार डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडबाट ११ जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाईरहेका छन् । ११ जनाले संस्थाबाट दुध खरिद गरेर स्थानीय बजार र गाउगाउमा विक्रि वितरण गर्दे आएका छन् ।
यसबाट उनीहरुले अप्रत्यक्ष रुपमा आफ्नो रोजगारीको वातावरण शिर्जना गरेको घिमिरेले बताउनुभयो ।
संस्थाका कार्यक्रम
संस्थाले आफ्ना सदस्यहरुलाई लक्ष्ति गरी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दे आएको छ । घिमिरेका अनुसार संस्थाले स्वच्छ दुध खरिद बिक्रि, पशु आहार बिक्रि वितरण, पशु औषधि तथा उपचार व्यवस्था, पशु भ्याक्सिनेसन सेवा, बचत संकलन सेवा, दुधालु पशु खरीद तथा व्यवस्थापनमा ऋण लगानी, पशुधन सुरक्षण कार्यक्रम पशुबिमा, कृषक दुध सञ्चयकोष कार्यक्रम, दुग्धजन्य पदार्थ उत्पादन र बिक्रि, बिभिन्न सामाजिक कार्यक्रममा सहभागीता, मौसमी घासका बिउ विजन वितरण र किशान अध्ययन, अवलोकन, भ्रमण तथा तालिम र गोष्ठिहरु पनि सञ्चालन गर्दे आएको छ ।
‘यी सबै कार्यक्रमबाट हाम्रा किशानहरु धेरैनै लाभान्वित भएका छन्, यस्ता गतिविधिबाट उनीहरु खुशिपनि देखिएका छन्’ उहाले भन्नुभयो ।
मिल्क सिटि बनाउनुपर्छ
प्रबन्धक घिमिरेले यस क्षेत्र मिल्क सिटिका लागी उपयुक्त रहेको बताउनुभयो । ‘सबै दृष्टिकोणले यो क्षेत्र मिल्क सिटिको लागी उपयुक्त छ, त्यस कारण सरकारलेपनि आफ्नो ध्यान केन्द्रित गर्न आवश्यक छ’ उहाले भन्नुभयो ।
‘१५ दिनमा नगद प्राप्त गर्ने माद्यम भनेकै दुध नै हो, यहा दुधले आर्थीक आयआर्जन गर्न सकिन्छ भन्ने किशानहरु पनि धेरैनै हुनुहुन्छ’ उहाले भन्नुभयो ।
निर्धक्क भए हुन्छ
घिमिरेले निर्धक्क भएर कृषि व्यवसाय गर्न सबैलाई सुझाव दिनुभयो । ‘अहिले यहा दुध उत्पादनको अवस्था राम्रो छ, दुधको उचित मुल्यपनि पाईन्छ, त्यसकारण व्यवसायीक रुपमा दुध उत्पादन गर्नेतिर लाग्दा राम्रो हुन्छ’ उहाले भन्नुभयो ।
आधुनीक प्र्रणालीबाट दुध उत्पादन गर्नेतर्फ सबैले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेभन्दै उहाले रोजगार प्राप्तीको माद्यम दुध उत्पादननै भएको बताउनुभयो ।