मकवानपुरमा गाँजासहित दुईजना पक्राउ

ए वान डेस्क
२ जेष्ठ २०७५, बुधबार २०:०५

ठूलो परिमाणमा गाँजासहित मकवानपुर प्रहरीले आज बिहान दुईजनालाई पक्राउ गरेको छ ।

जिल्लाको राक्सिराङ गाउँपालिका–४ का सुदीप कोइराला र रामकृष्ण ब्लोनलाई उनीहरुको घरमा राखिएको गाँजासहित पक्राउ गरेको हो । कोइरालाको घरबाट छवटा बोरामा राखेको १५० केजी र ब्लोन घरबाट १६ केजी ८०० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुलाई पक्राउ गर्ने क्रममा केही व्यक्तिले अवरोध गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाइ फायरसमेत गरेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*