बहुक्षेत्रीय पोषण सम्बन्धी कार्यक्रम सम्पन्न

तपुरसिमरा उपमहानगरपालिकाको बहुक्षेत्रीय पोषण योजना अन्तर्गत वडा नम्बर २२ को विभिन्न स्थानमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । स्वस्थ रहनका लागि आवश्यक पोषणयुक्त खाना, सरसफाईलगायतका बिषयमा जनचेतना जगाउने उपमहानगरको अभियान अन्तर्गत चकरी, नयाबस्ती र बिरेदमारको विभिन्न स्थानमा कार्यक्रम सम्पन्न भएको हो ।
चकरी, नयावस्ती, बिरेदमारको विभिन्न स्थानमा सासुबुहारीबिच पोषण सम्बन्धी अन्तरक्रिया, किशोरीलाई सुरक्षित मातृत्व तथा सरसफाई, महिलालाई पोषणसम्बन्धी तालिम लगायतको कार्यक्रम गरिएको छ । कार्यक्रममा वडाअध्यक्ष मनिकलाल थिङ, सामाजिक बिकास शाखाका हरिकिशोर साहलगायतले सहजीकरण गरेका थिए ।
यसैगरी चकरीस्थित विद्यालय र खाने आधारभूत विद्यालय बिरेदमारमा सरसफाई सामाग्री वितरण गर्दै हात धुने अभियान सुरु गरिएको छ । यसैगरी ढुकुवाबासस्थित सुर्योदय आधारभूत विद्यालयमा गरिब, बिपन्न छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।