हुँदै नभएको विद्यालयलाई छात्रवृत्ति रकम !

ए वान डेस्क
४ जेष्ठ २०७५, शुक्रबार ०८:०२

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले खोटाङमा हुँदै नभएका विद्यालयमा अध्ययन गर्ने छात्र/छात्राको नाममा वैदेशिक रोजगार छात्रवृत्ति रकम पठाएको पाईएको छ ।

जिल्लामा हुँदै नभएको विद्यालयका कक्षा १ मा अध्यनरत कुमार बस्नेत, कक्षा ४ मा अध्ययनरत हरिबहादुर बस्नेत र कक्षा ८ मा अध्ययनरत सरिता बस्नेतका नाममा आएको छात्रवृत्ति रकम अलपत्र परेको छ ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा पुर्ण रुपमा अंगभंग भएका अभिभावका सन्तानलाई उपलब्ध गराइने छात्रवृत्ति रकम चण्डी ब्राईट फ्युचर बोर्डिङ स्कुलमा अध्ययनरत बालबालिकाका लागि आएको हो ।, यो खबर आजको नागरिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*