निजी क्षेत्रको तेल ओसार्न सेनाको हेलिकोप्टर

ए वान डेस्क
४ जेष्ठ २०७५, शुक्रबार ०८:३५

विपत् व्यवस्थापन क्षमता अभिवृद्धिलगायत आपतकालिन अवस्थामा उडान भर्ने नेपाली सेनाको हेलिकोप्टर निजी क्षेत्रको तेल ओसार्न प्रयोग हुने भएको छ ।

नेपाली सेनाको एमआई-१७ हेलिकोप्टर शुक्रबार निजी क्षेत्रको तेल ओसार्न हुम्ला जान लागेको छ ।

निजी क्षेत्रका हेलिकोप्टरका लागि इन्धन बोकेर सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको हो । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

यस्तो कामका लागि सामान्य निजी क्षेत्रलाई अवसर दिइने भए पनि सेनाले विशेष कामका लागि प्रयोग हुने आफ्नो हेलिकोप्टर प्रयोग गर्न लागेको हो ।

सेनाले हेलिकोप्टर खरिद गर्दा सैन्य गतिविधि तथा विपत् व्यवस्थापनका लागि प्रयोग गर्ने भन्ने प्रस्ताव गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*