अमलेखगञ्जमा ५ करोडको ‘हात्ति गाऊ रिर्सोट’ सञ्चालनमा
प्रदिप गौतम /
बाराको पर्यटकीय नगरी अमलेखगञ्जमा सुविधा सम्पन्न हात्ति गाउ रिर्सोट सञ्चालनमा आएको छ । सिमराका सफल होटल व्यवसायी मोहन शर्मा लामिछानेको ५ करोडको लगानीमा हात्ति गाउ रिर्सोट सञ्चालनमा आएको हो ।
रिर्सोटको एक कार्यक्रमकाबिच धुर्मुस–सुन्तली फाउण्डेसनका सञ्चालकद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथि सिताराम कट्टेल धुर्मुसले अमलेखगञ्जलाई प्रदेश नम्बर २ कै पर्यटकीय केन्द्र बनाउन सम्बद्ध सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । सबै पक्ष एकजुट भए पर्यटकीय केन्द्रका हिसावले यस क्षेत्र नमुना बन्न सक्नेभन्दै उहाले बिशेष पहलका साथ अभियानमा होमिन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै कुञ्जना घिमिरे सुन्तलीले यस्ता किशिमका रिर्सोटले यस क्षेत्रमा पर्यटक भित्र्याउन ठुलो भुमिका खेल्ने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्मा, सिता गुरुङ्ग, बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, बिशिष्ठ अतिथि ः नेपाली काग्रेसकी नेतृ एवं पुर्व सासंद मधु शाही, नेकपा एमाले बाराका उपाध्यक्ष देवनारायण चौधरी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पर्यटन अभियन्ता राजन पौडेल लगायतको उपस्थिति रहेको थियो ।
रिर्सोटमा साना ठुला गरी ५ वटा कटेज, आरामदायी ८ वटा कोठा, २०० जना कट्ने सभाहलको सुविधा रहेको सञ्चालक शर्माले बताउनुभयो । पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकहरुको सुविधालाई मध्यनजर गर्दे रिर्सोट सञ्चालन गरिएको शर्माले बताउनुभयो ।
शर्माले अमलेखगञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आजदेखि सञ्चालनमा आएको हात्ति गाउ रिर्सोटले ठुलो भुमिका खेल्नेसमेत बताउनुभयो ।















